Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राप्रपाको प्रस्टीकरण – यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाको सदस्य होइन

    राप्रपाको प्रस्टीकरण – यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाको सदस्य होइन

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजतान्त्र पार्टी(राप्रपा)ले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक सययमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपासँग संलग्न नभएको बताएका हुन् ।



    राणाले भने, ‘हिजो महेन्द्र यादव र मसँगै थियौं, हामीले बोलेपछि बाहिरिने क्रममा एउटा व्यक्तिले खुकुरी प्रहार गर्‍यो । यो विषयलाई लिएर राप्रपालाई आक्षेप लगाउने कुरा नगरौं ।त्यो व्यक्तिले राजसस्था, एमसीसीको नारा लगाएको थियो । राप्रपा हिंसाको राजनीतिमा कहिल्यै विश्वास गरेको छैन, त्यो व्यक्ति हाम्रो पार्टीसँग संलग्न थिएन । उमाथि कारबाही होस् ।’



    यादवलाई आक्रमण गर्ने श्यामबहादुर सापकोटालाई कारबाही गर्न उनले माग गरे । नेता राणाले यादवमाथिको आक्रमणलाई लिएर राप्रपामाथि आक्षेप लगाउने काम नगर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार