Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिका मृत्यु प्रकरणमा कान्ति बाल अस्पतालमाथि छानबिन गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले चरम लापरबाहीका कारण मृत्यु बालिकाको निधन भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागे ।बैठकमा विशेष समय लिएर थापाले उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे ।

यस सम्बन्धमा अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने उनको माग छ । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको आफन्तले बताएका छन् ।

यस्तो अवस्था कसरी आयो भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि सरकारमाथि प्रश्न गरे । यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077