Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्यायाधीश कार्कीको इजलासमा सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम बहस सुरू भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा परेको यो मुद्दामा अन्तिम बहस सुरु भएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन् ।

वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । सर्वोच्च अदालतको आदेश बमोजिम शीघ्र सुनुवाइमा परेको यो मुद्दामा अन्य कुनै आदेश नभए बिहीबार हेर्दाहेर्दैमा रहने सम्भावना छ ।

बिहीबार सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ । यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन ।

पीडित पक्षका वकिलको बहस सकिएपछि बल्ल सन्दीप लामिछानेका वकिलहरूले बहस गर्न पाउने छन्। दुबै पक्षको बहस सकिएपछि मात्र इजलासले यो मुद्दामा फैसला सुनाउने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077