Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल आइपुग्यो अमेरिकी सेनाको टोली

काठमाडौं । सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट १२ सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

त्यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमान शुक्रबार फिर्ता हुने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भइरहे पनि दुवै पक्षले मिति तय गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077