Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२८ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार घटेको छ । बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भएको हो।

मंगलबार १९६१.३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १.४७ प्रतिशतले गिरावट भएको हो । बिहीबार नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा निराश बनेका छन् ।

हाइड्रोपावर कम्पनीहरुको उपसूचक २.५२ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक २.०४ प्रतिशले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।

बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबारमा भने केही सुधार देखिएको छ । गत सोमबार १ अर्ब माथिकै कारोबार भएपनि मंगलबार भने करिब ८० करोडमा सीमित भएको थियो । तर बिहीबार कारोबार रकम पुन १ अर्ब नाघेको छ ।

नेप्सेमा ३२ हजार १३९ वटा कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १५ करोड ९ लाखको कारोबार भएको हो । बिहीबार नेप्सेमा कुल २२८ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ ।

जसमध्ये २०३ कम्पनीको सेयरमूल्य गिरावट हुँदा २१ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077