Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया क्षेत्र छनोट : फाइनलमा पुग्न आज नेपाल थाइल्यान्डसँग खेल्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपाल आज थाइल्यान्डसँग भिड्दै छ ।

खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियामा शुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेल्न लागेका हुन् ।

आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077