Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

एजेन्सी । दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ ।

घरेलु टोली दक्षिण अफ्रिकाले जितका लागि दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले ४० ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अलआउट भयो । जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077