Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वुमन्स टी-२० विश्वकप एसिया छनोट : थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालसामु थाइल्याण्डले जितका लागि १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको हो ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एकरएक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यो खेलको विजेताले अर्को वर्ष हुने आइसिसी महिला ग्लोबल टी-२० छनोटमा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077