Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नियम विपरित भन्दै ३४ शिक्षक हटाएको चौरपाटीले फेरि माग्यो ३५ शिक्षक [सूचनासहित]

अछाम । चौरपाटी गाउँपालिकाले अनुदान कोटामा ३५ जना शिक्षकका लागि आवेदन माग गरेको छ । गाउँपालिका कार्यकापालिकाको यही भदौ १७ गते बसेको बैठकको निर्णयानुसार अनुदान कोटामा ३५ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

विद्यार्थी संख्याको तुलनामा शिक्षकको दरबन्दी संख्या कम भएको र पठन–पाठनमा कठिनाइ झेलिरहेका विद्यालयलाई छानेर गाउँपालिकाले शिक्षक अनुदान कोटा उपलव्ध गराएको हो ।

'गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा अनुदानमा शिक्षक र बाल शिक्षक आवश्यकता भएको हुदाँ प्रचलित कानून अनुसार निम्न बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहितको आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ,' निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काद्धारा जारी सूचनामा उल्लेख छ ।

केही महिना अगाडि मात्रै गाउँपालिकाले स्वयम सेवक शिक्षक नियम विपरीत भन्दै महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष बेरुजु देखाउने, ज्याला पनि सम्मानजनक नभएको र विद्यालय समायोजन भएपछि ३४ जना शिक्षकहरूलाई हटाएको थियो ।

तर भदौ १९ गते गाउँपालिकाले बालविकास शिक्षकसहित ३५ जना शिक्षकका लागि आवेदन खुलाएको छ । आवेदन फारम चौरपाटी गाउँपालिकाको शिक्षा शाखाबाट प्राप्त गर्न सकिने छ ।

पढ्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077