Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप एसियाली छनोटबाट बाहिरियो नेपाल, सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

काठमाडौं । नेपाली टोली आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ ।

मलेसियामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

हारले नेपालको वेमेन्स ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको छ । मलेसियामा भएको खेलमा नेपालका सुरुआत कमजोर रह्यो र टिमले आठ रन बनाउँदासम्म चार विकेट गुमाइसकेको थियो ।

नेपालका लागि कविता जोशीले १०, अप्सरी बेगमले १० तथा कविता कुँवरले १७ रन बनाए । कविताको प्रदर्शन मात्र केही उल्लेखनीय रह्यो । उनले २० बलको सामना गरेर दुई चौका पनि प्रहार गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077