Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निजामती विधेयक पारित गर्ने लुम्बिनी सरकारको तयारी

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले प्रदेश सभामा विचाराधीन रहेको निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी गरेको छ ।

‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो ।

समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077