Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनका सरकारी कार्यालयमा आईफोन प्रयोग गर्न प्रतिबन्ध

एजेन्सी । चीनले सरकारी कार्यालयहरूमा आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएपछि एप्पलको सेयरमा गिरावट आएको हो ।

पछिल्लो दुई दिनमा एप्पलको सेयर बजारमा ६ प्रतिशत अर्थात २०० बिलियन डलरबराबरले सेयर मूल्यमा गिरावट आएको बताईएको छ ।

एप्पलका लागि चीन विश्वकै तेस्रो ठूलो बजार मानिन्छ । गत वर्ष एप्पलले आफ्नो आम्दानीको १८ प्रतिशत हिस्सा चीनबाट मात्र प्राप्त गरेको थियो ।

चीनले केन्द्रीय सरकारी कार्यालयका अधिकारीहरूलाई कार्यालयमा आईफोन नल्याउन र कार्यालयको काममा आईफोन प्रयोग नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077