Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनका सरकारी कार्यालयमा आईफोन प्रयोग गर्न प्रतिबन्ध

    चीनका सरकारी कार्यालयमा आईफोन प्रयोग गर्न प्रतिबन्ध

    दुई दिनमै गुमायो दुई सय विलियन डलर

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । चीनले सरकारी कार्यालयहरूमा आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएपछि एप्पलको सेयरमा गिरावट आएको हो ।



    पछिल्लो दुई दिनमा एप्पलको सेयर बजारमा ६ प्रतिशत अर्थात २०० बिलियन डलरबराबरले सेयर मूल्यमा गिरावट आएको बताईएको छ ।



    एप्पलका लागि चीन विश्वकै तेस्रो ठूलो बजार मानिन्छ । गत वर्ष एप्पलले आफ्नो आम्दानीको १८ प्रतिशत हिस्सा चीनबाट मात्र प्राप्त गरेको थियो ।

    चीनले केन्द्रीय सरकारी कार्यालयका अधिकारीहरूलाई कार्यालयमा आईफोन नल्याउन र कार्यालयको काममा आईफोन प्रयोग नगर्न निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार