Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीका सांसद खगेनसिंहमाथि प्रहरीले गर्यो दुर्व्यवहार, कांग्रेस कार्यकर्ताले गरे प्रदर्शन

ताप्लेजुङ । कोशी प्रदेशका सांसद खगेनसिंह हाङगामको घरमा प्रहरीले घेरा हालेर बिहीबार राति हुलहुज्जत गरेको छ ।

जात्रामा भएको विवादपछि प्रदेश सांसद हाङगामको घरमा पुगेर प्रहरी टोलीले हुलहुज्जत गरेको हो ।

हाङगाममाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजारमा प्रदर्शन गरेका छन्।

पोसाकमा र सादा पोसाकमा लाट्ठी तथा हतियारसहित ठूलो संख्यामा खटिएका प्रहरीले हाङगामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा घेरा हालेर हुलहुज्जत गरेका हुन् ।

सांसद हाङगामको सचिवालयले घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको छ । कांग्रेस सांसद हाङगाम ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077