Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएको छ । राष्ट्रिय सभामा ३ वटा बिद्येयकहरु बिचाराधीन छ ।

अध्यागमन बिधेयक बिद्यायन ब्यबस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन सभामा पेश भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077