Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कलेज आईडिया हन्ट २०२३ सुरु, असोज १४ सम्म आवेदन दिन सकिने

    कलेज आईडिया हन्ट २०२३ सुरु, असोज १४ सम्म आवेदन दिन सकिने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं। आईडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२३’ को लागि आवेदन खुला गरेको छ।

    त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्य र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुलाइएको हो।



    नेपाली समाज रूपान्तरण र व्यावसायिकक प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित उद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गरिएको आईडिया स्टुडियो नेपालले जनाएको छ ।



    वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरसम्बन्धी नवीनतम् तथा दिगो समाधानसहितका आइडिया भएका विद्यार्थीले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन्।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो। पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

    कार्यक्रममा आइडिया स्टुडियो नेपालकी रणनीति तथा संञ्चार प्रमुख सदिच्छा श्रेष्ठ, त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगाराम विश्वकर्मा, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा.छिरिङ लामा , काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन डा.दिलीप पराजुली, स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा। गोविन्द तामाङ, कलेज आइडिया हन्ट २०२० की, आइडिएटर अन्जना मल्ल र विधार्थीलगायतको उपस्थित रहेको थियो ।

    कलेज आइडिया हन्ट २०२० की आइडिएटर अन्जना मल्लले आइडिया स्टुडियोमार्फतबाट उनको व्यवसायमा पाएको सहयोग र अनुभव बारे कुरा गर्दै कलेज आइडिया हन्ट २०२० एउटा कार्यक्रममात्र नभएर आत्मविश्वास वृद्धिको श्रोत पनि भएको बताइन्।

    कलेज आइडिया हन्टमा प्राप्त आइडियामेध्यबाट उत्कृष्ट २० योजनालाई व्यवसायसम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरीने आइडिया स्टुडियो नेपालकी संञ्चार प्रमुख सदिच्छा श्रेष्ठले बताईन् ।

    उत्कृष्ट ३ विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन्। त्यस्तै इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्जाल, रियालिटी टिभी सो र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्। कलेज आइडिया हन्ट २०२३ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीले २०८० असोज १४ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार