Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ।

न्याय, कानुन तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सरकारले प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयमा सरुवा गरेको हो ।

त्यस्तै कानुन आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ भने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको छ।

त्यस्तै, बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्नेसहित १५ वटा निर्णय गरेको छ ।

nullnull

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077