Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको छोङछिङ थ्रि ग्रर्जेज कलेज र मदन भण्डारी फाउन्डेसनबीच ५ बुँदे सहमति

काडमाढनैं । चीनको ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास र सिपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने ५ बुँदे सम्झौता भएको हो ।

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहेकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077