Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घाँस काट्ने क्रममा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मधुवन नगरपालिका– ३ की ५५ वर्षीया कली वंशीमगरको बाघको आक्रमणबाट ज्यान गएको हो ।

नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रवार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिए ।

बाघले आक्रमण गरि महिलालाई जङ्गलतर्फ पुर्‍याएको थियो । खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077