Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडू पक्राउ

एजेन्सी । भारतस्थित तेलुगु देशम पार्टीका प्रमुख तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू शनिबार बिहान पक्राउ परेका छन् ।

नायडू सीप विकास मुद्दामा उनलाई नन्दयाल जिल्लाबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न सुरक्षा बल पुग्दा नायडू आफ्ना समर्थकहरूसँग आराम गरिरहेका थिए ।

डीआईजीले उनलाई एपी स्किल डेभलपमेन्ट कर्पोरेसन घोटाला काण्डमा पक्राउ गरिएको बताए ।

नायडूका वकिलका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेह भएको थाहा भएपछि सीआईडीले उनलाई पहिले मेडिकल चेकअपका लागि लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077