Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सूर्य विनायक नगरपालिका८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं.४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई ०३-००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077