Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समाजवादीका अध्यक्ष नेपाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित नेपालको निजी निवासमा उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो। उनीहरुबीच नेपाल र चीनबीच द्विपक्षीय हित, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका विविध विषयमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ।

सत्ता साझेदार दलका नेता नेपालले प्रधानमन्त्रीको चीन भ्रमण र दुई देशबीच हुने सम्झौताका विषयमा चासो राखेका थिए। भ्रमणलाई प्रभावकारी बनाउने विषयमा उनीहरु बीच छलफल भएको बताइएको छ।

भेटका क्रममा अध्यक्ष नेपालले राजदूत सोङसँग चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको पुरानो नक्सा राखेको र नयाँ चुच्चे नक्सा नराखिएकोप्रति चासो व्यक्त गरेका थिए।

चीनको प्राकृतिक संसाधन मन्त्रालयले छिमेकी मुलुकहरूसहितको मानक नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालको संसदबाट पारित भइसकेको चुच्चे नक्सा नसमेटिएपछि चीनको चर्को विरोध भइरहेको छ।

परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायले नेपालको नक्साको सम्मान गर्नुपर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077