Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मदन भण्डारीले रोपेका विचार पुरानो भएको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीले सारेका विचार पुरानो नभएको बताएका छन्।

एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा बोेल्दै अध्यक्ष नेपालले बताएका हुन् ।

अध्यक्ष नेपालले जबजले कम्पिटिसनमा विश्वास गरेको र उनको विचार अहिलेपनि समय सान्दर्भिक भएको बताए। उनले अधिनायकवाद भनेर सबै तह लगाउँदै गएपनि अब त्यस्तो नहुने बताए।

अध्यक्ष नेपालले भने,‘लागेपछि जितिन्छ। मेहनत गरेपछि परिणाम प्राप्त हुन्छ। प्रतिस्पर्धाको राजनीतिलाई जवजले अगाडि बढाएको छ। जनवादी क्रान्तिको फेज सकियो अब, समाजवादी क्रान्तिको फेजमा हामी पुगिसकेका छौं। यहाँ पनि प्रतिस्पर्धा हुन्छ।’

आफ्ना विचार ठिक भन्न तथ्यले पुष्टि गरेर अगाडि बढ्नुपर्ने बताए। झलनाथ खनाललाई लक्षित गर्दै नेपालले एकीकृत समाजवादी अगाडि नबढ्नुमा कांग्रेस अहिले समस्या नभएको र एमाले समस्या भएको बताए।

उनले पार्टी अगाडि नबढ्नुमा सबैभन्दा ठूलो समस्या एमाले र केपी ओली भएको दाबी गरे। ओलीको प्रवृत्ति नपन्छाएसम्म संगठन र राजनीति अगाडि नबढ्ने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077