Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमेयरको संलग्नतामा गौरा हेर्न पुगेका युवामाथि निर्घात कुटपिट

दार्चुला । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि कुटपिट गरिएको हो ।

मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा धामीले ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ । उक्त घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ ।

पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए । कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए ।

टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी लिई जिल्ला प्रहरी कार्यालय दार्चुला गएका दिनेशका आफन्तलाई प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फर्काईदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077