Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड अराजक भइसके, बालेनले पनि अराजकताको हद नाघे : शेखर कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अराजक भएको आरोप लगाएका छन् ।

कांग्रेसको चितवन सम्मेलनमा शनिबार बोल्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री दाहालले जातीय हिंसा भड्काउने हिसाबले अभिव्यक्ति दिँदै हिँडेको बताए।

'प्रधानमन्त्री प्रचण्डजीले टन्न भोट दिनुस्। जातीय आधारमा प्रदेश बनाइदिन्छौं भन्दै हिँड्नुभएको छ। प्रधानमन्त्रीको हैसियतले त्यस्तो बोल्न मिल्छ ?,' उनले प्रश्न गरे 'धरानमा जातीय हिंसा भड्किने खतरा हामीले भर्खरै देख्यौं। प्रधानमन्त्रीले अराजक शैलीमा अभिव्यक्ति दिनु भनेको हिंसालाई प्रश्रय गर्नु हो ।'

प्रधानमन्त्री दाहालले धरानमा भएको घटनाबारे विस्तृत बुझ्ने बताए पनि हालसम्म त्यसबारे केही कुरा सार्वजनिक नभएको बताए। उनले काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरवार जलाउने चेतावनी दिनु पनि अराजकताको हद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077