Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी युद्धबारे जी–२० को वक्तव्यमा ‘गर्व गर्नुपर्ने केही छैन’ : युक्रेन

एजेन्सी । रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।

‘वक्तव्यमा कडा शब्दहरू समावेश गर्ने प्रयास गर्ने साझेदारहरूप्रति युक्रेन आभारी छ । युक्रेनविरुद्ध रूसको आक्रामकताका सन्दर्भमा जी–२० मा ‘गर्व गर्नुपर्ने केही छैन’, युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भने।

निकोलेन्कोले ‘युक्रेनको युद्ध’लाई ‘रुसको सन्दर्भ’ मा ‘युक्रेनविरुद्धको युद्ध’ मा परिवर्तन गर्दै रातो रङमा सम्पादित वक्तव्यको एउटा भागको फोटो पोस्ट गरेका छन्।

सम्पादित ‘वक्तव्य’ मा भनिएको छ, ‘सबै राष्ट्रले कुनै पनि राज्यको क्षेत्रीय अखण्डता र सार्वभौमिकता वा राजनीतिक स्वतन्त्रताविरुद्ध क्षेत्रीय अधिग्रहणको लागि धम्की वा बल प्रयोगबाट बच्नुपर्छ।’

गत वर्ष बालीमा जारी जी–२० को वक्तव्यमा ‘युक्रेनविरुद्ध रूसी महासङ्घले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्ने’ संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई उद्धृत गरिएको थियो।

निकोलेन्कोले भने, ‘यो स्पष्ट छ कि युक्रेनको सहभागिताले सम्मेलनमा सहभागीहरूलाई युक्रेनको स्थितिबारे अझ राम्रोसँग बुझ्न अनुमति दिनेछ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077