Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुहारीलाई मार्छु भन्दै बन्दुक ताकेपछि...

पाँचथर । प्रहरीले पाँचथरमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–५, निगुरेका ३० वर्षीय दीपक चेम्जोङ छन् ।

एकथान भरुवा बन्दुकसहित शुक्रबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दीपकले मादकपदार्थ सेवन गरी आफ्नै भाइ र बुहारीसँग विवाद गरेका थिए । बुहारीलाई भरुवा बन्दुक देखाई ‘मार्छु’ भनेको उनीमाथि आरोप छ ।

सो सूचनापछि प्रहरीचौकी फाक्तेपबाट खटिएको टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे प्रहरील थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077