Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज हेटौँडामा ‘सन्देश सभा’ गर्दै समाजवादी मोर्चा

हेटौँडा । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्दैछ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना हुन लागेको हो ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मोर्चाले सन्देश सभा आयोजना गर्ने बताइएको छ । सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने छ ।

सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077