Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लागुऔषधसहित सब इन्जिनियर पक्राउ

    लागुऔषधसहित सब इन्जिनियर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.3K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडकघाटबाट ९.४२ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका ३ का २५ वर्षका हरिश रेग्मी पक्राउ परेका हुन् ।



    प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित खैरो हिरोइन जस्तो देखिने पदार्थ (ब्राउन सुगर) फेला परेको प्रहरी चौकी भुडाले जनाएको छ ।



    पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका रेग्मी अछाम सडक डिभिजन कार्यालयका सब इन्जिनियर हुन । प्रहरीले उनीमाथि थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार