Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएको विद्रोही समूहको छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको छ ।

संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको बिशेष साधारणसभाले मार्चभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बर सम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077