Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले लियो बयान

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीको बयान लिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै सीआईबीले भण्डारीसँग बयान लिएको हो ।

प्रहरीले बोलाएपछि भण्डारीले आइतबार सीआईबी गएका थिए । उनलाई सोधपुछ गरेर पठाएको सीआईबी स्रोतले बतायो । दावासँग भण्डारीले पटक–पटक फोन सम्पर्क र सन्देश आदानप्रदान गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दावा हाल सीआईबीको नियन्त्रणमा छन् । हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

उक्त सुन प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गर्दै आएको छ । हालसम्म सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077