Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्माले भने – स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनू

    प्रधानसेनापति शर्माले भने – स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनू

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 918
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहन आग्रह गरेका छन् ।

    प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।



    प्रधानसेनापति शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ देशको स्थिर माहोललाई खलबल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिए ।



    प्रधानसेनापति शर्माले भने, ‘नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

    सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार