Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले भने - सरकारलाई सदन र सडकबाट दबाब दिन जरुरी छ

हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सदन र सडक दुवैबाट दबाब दिन जरुरी रहेको बताएका छन् ।

समाजवादी मोर्चाको हेटौंडामा आइतबार भएको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । त्यस्तो होइन । सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ । त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौं । हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौं ।’

उनले सत्ता बाहेक मोर्चाको उद्देश्य छैन भन्नु गलत रहेको पनि टिप्पणी गरे पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भ्रष्टाचार मुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077