Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विराटनगरमा आज समाजवादी मोर्चाको सन्देशसभा, सम्बोधन गर्दै शीर्ष नेता

काठमाडौं । समाजवादी मोर्चा नेपालले आज विराटनगरमा सन्देशसभा आयोजना गर्ने भएको छ ।

सन्देशसभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

सभालाई चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र सत्ता बाहिर रहेको विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाका प्रदेशभरका अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुने छन् ।

सन्देशसभाको सम्पूण तयारी पूरा भएको बताइएको छ । मोर्चाले सातमध्ये ५ प्रदेशमा सन्देशसभा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077