Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेशसभा सदस्यले सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : योगेश भट्टराई

    प्रदेशसभा सदस्यले सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : योगेश भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाएको आरोप लगाएका छन् ।

    नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई चेतावनी दिएर सडकमा ताण्डव मच्चाएको भन्दै त्यो सुहाउने कुरा नभएको टिप्पणी गरेका हुन् ।



    सचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।’



    सचिव भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्ने बताए। उनले लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुने पनि बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार