Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सडक निर्माणमा भ्रष्टाचार गर्ने प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना दोषी ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्।

झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको मुद्दामा विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश शालिग्राम कोइरालाको आइतबार फैसला सुनाएको हो। अख्तियारले प्रतिवादी बनाएका १ जनाले भने सफाइ पाएका छन्।

उनीहरुविरुद्ध जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटर बाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४/७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको थियो।

अख्तियारले प्रमुख प्रशासकिय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध २०७९ असार २ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले प्रमुख प्रशासकिय अधिकृत अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरेलाई दोषी ठहर गर्दै समग्रमा २५ लाख बिगो र जनही १० हजार जरिवाना भराउने फैसला सुनाएको छ।

त्यस्तै उनीहरुलाई ३ महिना कैद गर्ने फैसला विशेषले सुनाएको छ। विशेषले उनीहरुबाट जनही ८ लाख ३९ हजार रुपैया असुल गर्नुपर्ने देखिएको ठहर गरेको छ। अदालतले बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामालाई पनि दोषी ठहर गरेको छ। उनीहरुलाई जनही ३ लाख ८ विगो र सोही बराबर जरिवाना गर्ने फैसला विशेषले सुनाएको छ।

उनीहरलाई कैद भने तोकिएको छैन। विशेषले लेखापाल सतेन्द्र यादवलाई भने सफाई दिएको छ। उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले गरेको छानबिनबाट बलेफी तेम्बाथान सडक निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा गराइएको‚ डोर हाजिर तथा माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077