Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षिकाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको विदुर नगरपालिकामा रहेको कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिकाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले नुवाकोटको विदुर नगरपालिका-१३ स्थित कन्यादेवी आधारभूत विद्यालयका शिक्षक मञ्जुकुमारी थापा (ओझा)विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा थापाले भारतबाट एसएलसी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी प्रावि तृतीय क्षेणीमा अस्थायी शिक्षक नियुक्ति भई लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

ओझाले भारतको विहार संस्कृत शिक्षा बोर्डबाट जारी भएको झुट्टा विवरणको नक्कली लव्धांक पत्र पेश गरेर जागिर खाएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

थापाले मिति २०५५ मंसिरमा कन्या देवी निमाविमा प्रा.वि. तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन भारतको बिहारबाट मध्यमा तहको परीक्षा उतीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

साथै उनले सोही अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमासमेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा कुनै पनि व्यक्तिले सरकारी सेवा सुविधा पाउने उद्देश्यले झुटा विवरण पेश गरेको पाइएमा असूरअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077