Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली बिजुली बिल बनाइ ३३ लाख भ्रष्टाचार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

साहले प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकार नै नभएपनि बिजुलीको महशुल संकलन गरी भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

अधिकृत साहले प्रतिष्ठानको हातामा संचालनमा रहेका बिभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएर खातामा जम्मा नगरी भ्रष्टाचार गरेका थिए ।

आयोगका प्रवक्ता दाहालका अनुसार अधिकृत साहले विद्युत महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेकोसमेत पाइएको थियो ।

साहले सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकाले ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना तथा बिगोसमेत असुल उपरको माग दाबी गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077