Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

देशमा चारैतिर निराशा छ, सरकारले आशा र भरोसा जगाउनुपर्छ : माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले आशा र भरोसा जगाउनुर्ने बताएका छन् ।

समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले मुलुकमा चारैतिर निराशाको माहोल रहेकाले सरकारले सबैमा आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्ने बताए।

अध्यक्ष नेपालले आर्थिक समानता, सुशासन, सामाजिक न्याय, जनताको दैनिक जीवनमा आइपरेका समस्या समाधान गर्न समाजवादी मोर्चा गठन गरेर अघि बढेको बताए।

अध्यक्ष नेपालले भने,'संघीय सरकारबाट केही राम्रो काम गरेर जनतामा सन्देश दिन र आशा जगाउन आवश्यक छ । सुशासनकने पक्षमा काम गर्नेलाई साथ दिने र भ्रष्टाचार,अनियमिततामा लाग्नेलाई निर्मम भएर दण्डित गर्नुपर्छ । कुनै पनि विषयमा आशंका गर्नुपर्ने छैन, देशको सम्प्रभुता, अखण्डतामा आँच आउने कुनै काम हुने दिने छैनौं । त्यसैले एमसीसीलाई पनि ब्याख्यात्मक टिप्पणीसहित पारित गरेका छौं । पुँजीवाद हावी हुन्छ कि भनेर सचेत हुनु आवश्यक छ । विध्वंशात्क सोचले नभइ सकारात्मक सोचले समाजवादी मोर्चा अघि बढिरहेको छ ।'

संघदेखि प्रदेश र स्थाीय तहसम्म राम्रो काममा प्रतिस्पर्द्धा गरेर देशवासीमा आशा जगाउनु आवश्यक भएको उनको भनाइ छ। मुलुकमा रोजगारी सिर्जना गरेर उत्पादन बढाउन र आत्मनिर्भर बनाउन पनि समाजवादी मोर्चा अघि बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077