Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२० जना विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खस्यो

कैलाली । कैलालीको टीकापुरमा विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खसेको छ । टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाइ आयोजनाको नहरमा खस्दा २० जना विद्यार्थी घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बसमा सवार २० जना विद्यार्थीलाई उपचारको लागि टीकापुर अस्पताल पुर्याइएको छ ।

विद्यार्थी बोकेर गइरहेको ना५ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी जमरा सिँचाइ नहरमा खसेको प्रहरीले जनाएको छ ।

बसका चालक फरार रहेको बताइएको छ । नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077