Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग हार्‍यो नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ ।

सोमबार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।

म्यानमारका लागि विन नाइन तुनले खेलको ८६ औँ मिनेटमा गोल गरे । यसअघि शुक्रवार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए ।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ औँ स्थान माथि छ । नेपाल १ सय ७५ औँ स्थानमा छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ । विश्वकप छनोटको पहिलो चरणअघि नेपालले तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077