Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

धनगढीमा हुने समाजवादी मोर्चाको 'सन्देश सभा' दोस्रो पटक स्थगित

काठमाडौं । समाजवादी मोर्चाको सुदूपश्चिम प्रदेशस्तरीय सन्देश सभा स्थगित भएको छ ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि सभा स्थगित भएको हो ।

समाजवादी मोर्चाले यसअघि भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्ने तय गरेको थियो। त्यतिबेला पनि मोर्चाभित्रको आन्तरिक असमझदारीका कारण सभा स्थगित भएको थियो।

नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङको हृदयघातबाट मंगलबार बिहान १ः३० बजेतिर निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077