Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मलाई संसदीय अभ्यासका विषय सिकाउने सुवास दाईको अभाव सधैं खड्किनेछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्।

मंगलबार बिहान एमालेका उपाध्यक्ष नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको थापाले बताएका हुन्। संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्वाङले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने उनको भनाई छ।

नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै थापाले लेखेका छन्,‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ। संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहनेछ। म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ।’

संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उनले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने थापाले बताए । आफूलाई संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयौँ विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैँ खड्किने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077