Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगे किम जोङ

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रसिया पुगेका छन्। नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेका हुन् ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो ।

उत्तर कोरियाली नेता किमले यसै साताको अन्त्यमा आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

चार वर्षपछि उनले गरेको पहिलो विदेश विदेश भ्रमण हो । रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुग्न लागेका छन्। सशस्त्र फौजका साथ उनी यात्रामा छन्। उनका साथ वरिष्ठ सैनिक अधिकारी पनि छन् ।

द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077