Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवा व्यवस्थापनमा सहजीकरण गरिदिने भन्दै घुस माग्ने प्रहरी वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रहरी प्रभाग बूढानीलकण्ठ काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका सिंहविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापनका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।

अनुसन्धानका क्रममा आयोगको टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077