Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताएका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङ सबैलाई मिलाएर लान सक्ने नेता भएको स्मरण गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताए। उनले समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता नभेटेको बताएका छन्।

संविधान जारी गर्दा नेम्वाङले खेलेको भूमिका अत्यन्तै सराहनिय रहेको भन्दै देशले एउटा मुख्य राजनीति नेता गुमाउनुपर्दा निकै क्षति भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077