Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१९ अंक घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १९.४२ अंक घटेको छ ।

नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स २.५० अंकले घटेर ३७९.१४ विन्दुमा पुगेको छ।

यसदिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको थियो।

सो दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो। साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम् पावरको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो।

यसैगरी सामलिङ हाइड्रोपावरको ७ र अपर स्यांगी हाइड्रोपावरको ६ प्रतिशत सेयर मूल्य घटेको हो। कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ५६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077