Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको मणिपुरमा गोली हानी तीन जनाको हत्या

    भारतको मणिपुरमा गोली हानी तीन जनाको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मंगलबार बिहान अज्ञात बन्दुकधारीले तीनजनाको गोली हानी हत्या गरेका छन् ।

    “बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीनजना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनैजना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने ।



    आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।



    गैर–आदिवासी मेइतेइ समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा जनजातीय प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर मे ३ देखि हिंसाको चपेटामा परेको छ ।

    हिंसाले उनीहरूलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्दछ । उत्तरपूर्वी राज्यमा जारी हिंसामा हालसम्म १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भएका छन् ।

    राज्यमा भीडले तोडफोड र आगजनीको सहारा लिइरहेका छन् र यस क्रममा सयौं घर र पसलहरू जलेर नष्ट भएका छन् । हिंसाका क्रममा प्रहरी चौकी र शस्त्रागारबाट पनि ठूलो सङ्ख्यामा हतियार लुटिएको सञ्चारमाध्यमले जनाएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार