Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धरानका उपमेयर बेघाको घरमा तोडफोड, भाइ विष्णुमाथि खुकुरी प्रहार

सुनसरी । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ । धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर १५ देखि २० जनाको समूहले बेघाको घरमा तोडफोड गरेको हो ।

तोडफोडबाट झ्यालको शिशा फुटेको छ । उपप्रमुख बेघाका भाइ विष्णु बेघालाई कुटपिट गर्न पुगेको उक्त समूहले घर तोडफोड गरेको हो । बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन् । सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077