Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेस्सी बिना नै अर्जेन्टिनाको सहज जित, बोलिभिया पराजित

एजेन्सी । कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जित निकालेको छ ।

मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको हो । अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज, निकोलास टाग्लिफिको र निकोलास गोन्जालेज एक एक गोल गरे ।

सात पटकका बालोन डी’ओर विजेता मेस्सीलाई यो खेलमा आराम दिइएको थियो ।

गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077